आँखुखोला जलविद्युतको असोज ११ गतेबाट साढे १७ लाख कित्ता सेयर लिलामी खुल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

आँखुखोला जलविद्युतको असोज ११ गतेबाट साढे १७ लाख कित्ता सेयर लिलामी खुल्ने



काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले असोज ११ गतेदेखि १७ लाख ५० हजार २४८ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदन दिने अन्तिम म्याद असोज २० गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । यसअघि कम्पनीले १५०% (१ करोड २० लाख कित्ता) हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।

यसमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नारायणचौर नक्साल, काठमाडौं नबिल बैंकको बिर्तामोड शाखा, विरगञ्ज शाखा, हेटौडा शाखा तथा जावलाखेल शाखाबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, नबिल बैंककै लेकसाईट पोखरा शाखा, नेपालगञ्ज शाखा, बराहताल शाखा सुर्खेत, र धनगढी शाखाबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित : ४ आश्विन २०८१, शुक्रबार ११:१५