नेप्से पुगेर अर्थमन्त्रीले सोधे: ३० अर्बको बजार ६ अर्बमा किन सीमित भयो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

Feature News

नेप्से पुगेर अर्थमन्त्रीले सोधे: ३० अर्बको बजार ६ अर्बमा किन सीमित भयो ?

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नेपाल स्टक एक्सचेन्जको अवलोकन भ्रमण गरेका छन् । नेप्से परिसूचक पछिल्लो समय ओरालो लागेपछि अर्थमन्त्री पौडेल यसको कारण खोज्न नेप्से पुगेका हुन् । अर्थमन्त्री पौडेलले ३० अर्ब पुगेको कारोबार किन ६ अर्बमा आयो ? भन्दै प्रश्न गरे । बजार किन २५ सयमा आएको भन्ने उनको जिज्ञासा थियो ।

‘३० अर्ब बराबर कारोबार भएको सेयर बजार हाल घटेर ५ देखि ६ अर्बमा किन सीमित भयो,’ अर्थमन्त्रीले भने, ‘३०४० को विन्दुमा पुगिसकेको नेप्से पछिल्लो समय लगातार ओरालो लागेर २५०० सयमा किन झर्‍यो ।’पौडेलले बजारको दिगो विकासको लागि सबै पक्षले काम गर्नुपर्नेमा जोड दिए।

नेप्सेको टीएमएस प्रणालीमा समस्या आउनुको कारणबारे पनि उनले प्रश्न राखेका छन् ।

नेप्सेका प्रबन्धक निरञ्जन फ्युयालले अर्थमन्त्रीसामू सेयर बजार सुधारका विषयमा प्रस्तुति दिएका थिए । बजार बढ्दा सरकारले जश लिएपनि घट्दा बेवास्ता गरेको भन्दै लगानीकर्ताले आलोचना गरिरहँदा अर्थमन्त्री नेप्से पुगेका हुन् ।

अर्थमन्त्री पौडेलसँगै राजस्व सचिव दिनेशकुमार घिमिरे, नेपाल धितोपत्र बोर्डका अध्यक्ष महेश बराल, अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्यलगायतको टोली नेप्सेको कार्यालयमा निरीक्षण लागि पुगेको थियो । पुँजीबजारको विद्यमान अवस्थाको जानकारी, नेप्सेले गरिरहेका काम कारबाही तथा सुधारका लागि थाल्नुपर्ने पहलका विषयमा कर्मचारीसँग छलफल पछि राजस्व सचिव घिमिरेले पुँजीबजार सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए । नेप्सेको आन्तरिक संरचनामा सुधार, दक्ष कर्मचारी व्यवस्थापनलगायतका काममा प्राथमिकतामा रहने उनको भनाई छ।

प्रकाशित : २ आश्विन २०८१, बुधबार १८:३८ 18 September, 2024 6:38 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।