दिगोको नयाँ सर्विस सेन्टर पेप्सीकोलामा सुचारु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

दिगोको नयाँ सर्विस सेन्टर पेप्सीकोलामा सुचारु



काठमाडाैंं । विश्वकर्मा पूजाको शुभ अवसरमा, दिगोले आफ्नो अत्याधुनिक इलेक्ट्रिक गाडी सर्विस सेन्टर पेप्सीकोलामा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। दिगो ग्रुपको यस नयाँ सुविधा नेपालभरिका ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताको अर्को महत्वपूर्ण कदम हो। यस सर्विस सेन्टरको स्थापनाको साथ दिगोको काठमाडौँ उपत्यकामा मात्र पेप्सीकोला, बल्खु र चारदोबाटो लगायत ३ वटा सर्विस सेन्टर भएको छ ।

यस सुविधामा नेपालकै पहिलो ब्याट्री अनुसन्धान तथा मर्मत केन्द्र पनि समावेश गरिएको छ, जसले बिध्युतिय सवारी साधनका ब्याट्रीहरूको अत्याधुनिक अनुसन्धान, परीक्षण, र मर्मत सेवा प्रदान गर्नेछ। यसले दिगो लाई बिध्युतिय सवारीका लागि पूर्ण समर्थन दिने क्षमता बढाउँदै ब्याट्री प्रणालीहरूको दीर्घकालीनता र उत्तम कार्यसम्पादन सुनिश्चित गर्न मद्दत पुर्‍याउनेछ।

यो अत्याधुनिक सर्विस सेन्टरले विद्युतिय सवारीहरूको मर्मत, निरीक्षण, र पुनःस्थापनासम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध गराउनेछ। यहाँ आधुनिक उपकरण र दक्ष प्राविधिकहरूको टोलीद्वारा ग्राहकका गाडीहरूलाई उत्कृष्ट सेवा उपलब्ध हुनेछ। दिगोले यस नयाँ सेवाको माध्यमबाट ग्राहकहरूको समय र लागतमा कमी ल्याउन सहयोग पुर्याउनेछ, जसले गर्दा गाडी मर्मतसम्बन्धी सम्पूर्ण प्रक्रियालाई छिटो, भरपर्दो र सुलभ बनाउनेछ।

दिगो ग्रुपका संस्थापक राजन रायमाझीले उद्घाटन समारोहमा भने, “हाम्रो उद्देश्य भनेको ग्राहकहरूको अपेक्षाभन्दा माथि उठ्ने गुणस्तरीय सेवा दिनु हो। पेप्सीकोलामा रहेको यो नयाँ सेवा केन्द्रले ग्राहकहरूको सन्तुष्टिमा नयाँ उचाइ हासिल गर्नेछ। दिगोका ग्राहकहरूले अब अत्याधुनिक प्रविधि र दिगो सेवाको फाइदा उठाउन सक्नेछन्।”

दिगो ग्रुपले गत ६ वर्षदेखि नेपालमा ११ सिटे भ्यानदेखि ३० सिटे बससम्मका विद्युतिय सवारीसाधनको बिक्रि, वितरण, र सेवा प्रदान गर्दै आएको छ। गाडी बिक्रिमा मात्र नभएर, दिगोको ईकोसिस्टम अन्तर्गत चार्जरको बिक्रि, वितरण, र मर्मत सेवासमेत उपलब्ध गराइरहेको छ। साथै, विद्युतिय सवारी भाडामा दिने सुविधा पनि उपलब्ध गराएको छ। दिगो ई-स्टपले राजमार्गमा नेपालकै सबैभन्दा ठूलो चार्जिङ्ग स्टेशन सञ्चालन गर्दै आएको छ, जहाँ रेस्टुरेन्ट, सार्वजनिक शौचालय, सपिङ्ग मार्ट, र इलेक्ट्रिक सवारीका लागि विशेष सेवा केन्द्र जस्ता सुविधाहरू पनि उपलब्ध छन्।

प्रकाशित : १ आश्विन २०८१, मंगलवार १४:३४