वीरगञ्जमा नयाँ शोरुमबाट पन्च ईभीको डेलिभरी सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

वीरगञ्जमा नयाँ शोरुमबाट पन्च ईभीको डेलिभरी सुरु



काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिको अधिकारिक डिलर प्राइम अटो ट्रेडर्सको नयाँ शो रुमको उद्घाटनसँगै वीरगञ्जमा पन्च ईभीको डेलिभरी सुरु गरेको छ ।

साथै सोहि कार्यक्रममा गाडी बुक गरेर बस्नु भएको ग्राहकहरुलाई गाडी हस्तान्तरण पनि गरिएको छ । सो कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतीको साथै वीरगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले रिबन काटेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल, सिप्रदी ट्रेडिङ प्रालि वीरगञ्ज शाखाका प्रमुख संदिप गुप्ता लगायतको उपस्थिति थियो ।

पन्च ईभीको रिजनल लन्च अन्तर्गत वीरगञ्जको लन्चको मौका पारेर नयाँ शोरुमको पनि उद्घाटन गरेको प्राइम अटो ट्रेडर्सको निर्देशक सुबोध सापकोटाले जानकारी दिए । साथै सोहि कार्यक्रममा पन्च ईभी बुक गरेको ग्राहकहरुलाई डेलिभरी दिन पाउँदा थप हर्षित भएको बताए ।

टाटा पन्च ईभीको सुरुवाती ३३ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरिएको हो । पन्च ईभी ३३.९९ लाख रुपैयाँको भेरिएन्टमा योभन्दा दुइ सेगमेन्ट माथिको विशेषताहरु भ्वाइस एसिस्टेड सनरुफको साथै, ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/एप्पल कार प्लेको आनन्द लिन सकिन्छ । पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १९०मिमि रहेको छ । यो ५ स्टार सेफ्टी रेटिंग पाएको गाडी हो ।

प्रकाशित : ३१ भाद्र २०८१, सोमबार १२:४०