राष्ट्र बैंकद्वारा ‘बैंक खाता रोक्का तथा फुकुवासम्वन्धी विनियमावली, २०८१’ जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंकद्वारा ‘बैंक खाता रोक्का तथा फुकुवासम्वन्धी विनियमावली, २०८१’ जारी



काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा ‘बैंक खाता रोक्का तथा फुकुवासम्वन्धी विनियमावली, २०८१’ जारी गरेको छ । यो विनियमावली भोलि अर्थात् असोज १ गतेदेखि लागू हुनेछ ।

बैंक तथा वित्तीय संस्थामा खोलिएको रोक्का राख्न तथा त्यसरी रोक्का रहेका खाता फुकुवा गर्ने सम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित गर्न सो विनियमावली जारी गरेको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११० को प्रयोजनको लागि नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ११० को उपदफा (२) को खण्ड (ण) ले दिएको अधिकार प्रयोग गरी राष्ट्र बैंकको सञ्चालक समितिबाट यो विनियमावली तर्जुमा गरी लागु गरिएको जनाएको छ ।

प्रकाशित : ३१ भाद्र २०८१, सोमबार १२:०९