शुभकामना साकोसको अध्यक्षमा पुनः रामप्रसाद कासुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

शुभकामना साकोसको अध्यक्षमा पुनः रामप्रसाद कासुला



भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित शुभकामना बचत तथा ऋण सहकारी संस्थाको २४ औं साधारण सभाले नयाँ सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति चयन गरेको छ । सभाले आगामी ४ बर्षे कार्यकालको लागि रामप्रसाद कासुलाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । कासुला यस अघि पनि संस्थाको अध्यक्ष रहेका थिए ।

यो उनको दोस्रो कार्यकाल हो । त्यसैगरी सभाले संस्थाको उपाध्यक्षमा निर्मला सुवाल, सचिवमा पुष्पलाल तिमिला र कोषाध्यक्षमा धर्मदिप बज्राचार्य सर्वसम्मत चयन गरेको छ । त्यसैगरी सञ्चालक समिति सदस्यहरुमा सिर्जना कोजु सुवाल, पुण्यश्वरी सुवाल, शिवलक्ष्मी बासुकला, नूतनदेवी श्रेष्ठ, रामबहादुर कासुला, गणेशराम कोजु, गणेश प्रधान, नरेश बासुकला र नारायण बहादुर बासुकला चयन भएका छन ।

यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा कृष्णप्रसाद नापित, सदस्यहरुमा विष्णुभक्त कवा र गायत्री मैयाँ कोजु सर्वसम्मत चयन भएको निर्वाचन उसमितिले जनाकारी दिएको छ ।

प्रकाशित : ३० भाद्र २०८१, आईतवार १४:५८