एभरेष्ट बैंकले बाेलायाे साधारण सभा,शेयरधनीले दशैँअघि नै पाउने भए बोनस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एभरेष्ट बैंकले बाेलायाे साधारण सभा,शेयरधनीले दशैँअघि नै पाउने भए बोनस



काठमाडौं ।एभरेष्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न असोज २० गते वार्षिक साधारण सभा बोलाएको छ । उक्र सभा अम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चूक्त पुँजीकाे १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सभाले प्रस्तावित लाभांश, बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुँजी बृद्धि गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । 

यसका साथै सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ । 

साधारण सभा प्रयोजनका लागि बैंकले असोज ८ गते बुक क्लोज गर्ने बैंक भएको छ । जस अनुसार असोज ७ गतेसम्म कायम सेयरधनीले मात्रा सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रकाशित : ३० भाद्र २०८१, आईतवार ११:१५