१० वाणिज्य बैंकको बाह्य लेखापरीक्षणको प्रक्रिया रद्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

१० वाणिज्य बैंकको बाह्य लेखापरीक्षणको प्रक्रिया रद्द



काठमाडौं । नेपाल राष्ट्र बैंकले १० ठूला बैंकको अन्तर्राष्ट्रिय लेखा परीक्षण कार्य रद्द गरेको जनाएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको प्रतिबद्धताअनुसार धेरै कर्जा प्रवाह गरेका १० वाणिज्य बैंकको विदेशी अडिटरबाट लेखापरीक्षण गराउने प्रक्रिया रद्द गरिएके जानकारी गराएको हो।

गत चैतमा माग गरेको आशय पत्रअनुसार ५ कम्पनी सर्टलिस्टमा परी प्राविधिक प्रस्ताव माग भएको थियो । तीमध्ये भारतको केपीएमजीमात्र आर्थिक प्रस्तावका लागि योग्य देखिए पनि उसको आर्थिक प्रस्ताव अस्वीकृत भएको हो ।

केन्द्रीय बैंकले केपीएमजीको प्रस्ताव अस्विकृत भएसँगै लेखापरीक्षण कार्य रद्द भएको जानकारी दिएको छ ।

नेपालले शोधनान्तर घाटा हटाएर बाह्य स्थायित्व कायम गर्न भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोषबाट विस्तारित ऋण सुविधा लिएको थियो । त्यही ऋणको नियमित किस्ता सुविधा अघि बढाउन विदेशी अडिटरबाट लेखा परीक्षण गराउन भनिएको थियो ।

प्रकाशित : २८ भाद्र २०८१, शुक्रबार १४:२२