काठमाडौं । कृषि विकास बैंकको संचालक हेरफेर भएको छ । अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै सहसचिव दीर्घराज मैनाली बैंकको संचालकमा नियुक्ति भएका हुन् ।
गत भदौ २० गते बसेको मन्त्रिपरिषदको बैठकले मैनालीलाई बैंकको संचालक पदमा नियुक्ति गर्ने निर्णय गरेको थियो । यता बैंकको मंगलबार बसेको बैठकबाट उनले शपथ ग्रहण गरेका छन् । बैंक तथा वित्तीय संस्था सम्वन्धि ऐन, २०७३ बमोजिम उनले शपथ ग्रहण गरेहका हुन् ।
Comment