सरकारी कार्यालयमा ‘टिएमएस’ चलाउन नपाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

सरकारी कार्यालयमा ‘टिएमएस’ चलाउन नपाइने



काठमाडाैं । सरकारी कार्यालयमा सेयर कारोबारमा प्रयोग हुने प्रविधि ‘टिएमएस’ चलाउन नपाइने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशसहित सबै मन्त्रालय, अयोग, सचिवालय र कार्यालयका सचिवहरूलाई सम्बोधन गर्दै गरिएको पत्राचारमा यस्तो उल्लेख गरिएको छ।

त्यस्तै, कार्यालय समयमा टिएमएस चलाए/नचलाएको प्राविधिक रूपमै चेकजाँच गर्न समेत आदेश दिइएको छ।

प्रकाशित : २५ भाद्र २०८१, मंगलवार १६:३१