एनआइसी एसिया बैंकका पाँच शाखा स्थापना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआइसी एसिया बैंकका पाँच शाखा स्थापना



काठमाडौँ, २५ चैत । एनआइसी एसिया बैंकले विभिन्न स्थानमा एकै साथ पाँच नयाँ शाखा स्थापना गरेको छ ।

बैंकले नवलपरासीको बर्दघाट, पाल्पाको तानसेन, कैलालीको लम्की र टीकापुर तथा धनुकटाको हिलेमा शाखा स्थापना गरेको हो । ती शाखाको शुक्रबार एक समारोहबीच उद्घाटन गरिएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले जानकारी दिए ।

प्रकाशित : 7 April, 2017 10:30 am