आइएमई लाइफले माग्यो २० शाखा कार्यालयका लागि कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आइएमई लाइफले माग्यो २० शाखा कार्यालयका लागि कर्मचारी



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६ वटा प्रदेश विभिन्न २० ब्रान्चहरूका लागि कर्मचारी माग गरेको छ । कम्पनीले कोशी प्रदेशको धनकुटा, सोलुखुम्बु, बसन्तपुर र बुधबारे ब्रान्च, मधेश प्रदेशको बर्दीबास र चन्द्रपुर ब्रान्च, बागमती प्रदेशको स्वयम्भू ब्रान्च, गण्डकी प्रदेशको पोखरा र गल्कोट ब्रान्च, लुम्बिनी प्रदेशको राजपुर, भैरहवा, रामपुर, सम्शेरगञ्ज, चन्द्रौटा र रोल्पा ब्रान्च र सुदूरपश्चिम प्रदेशको बैतडी, बेलौरी, दिपायल, भजनी र पुनर्वास ब्रान्चका लागि ब्रान्च म्यानेजर माग गरेको हो ।

उक्त पदका लागि ब्याचलर डिग्री उत्तीर्ण गरेका, सम्बन्धित क्षेत्रमा कार्य गरेको अनुभव भएको हुनुपर्ने जनाएको छ । उमेरको हकमा २३ वर्ष उमेर पूरा भई ३५ ननाघेको र कम्प्यूटर सम्बन्धी ज्ञान भएको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले कम्पनीमा सम्पर्क गरी इमेल ठेगाना मार्फत आवेदन दिनु पर्नेछ ।

प्रकाशित : २१ भाद्र २०८१, शुक्रबार १५:३६