जीवन बीमा कम्पनीहरुले उठाए साढे १८ अर्ब बढी बीमाशुल्क, कुनकाे कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

जीवन बीमा कम्पनीहरुले उठाए साढे १८ अर्ब बढी बीमाशुल्क, कुनकाे कति ?



काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना अर्थात साउन महिनामा जीवन बीमा कम्पनीहरुले आठ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार तीन लाख २२ हजार ७८६ वटा बीमा पोलिसी बिक्री गरी सो बराबरको बीमाशुल्क संकलन गरेका हुन्।

उक्त अवधिमा सबैभन्दा धेरै व्यापार भने नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ। कम्पनीले पाँच अर्ब ७१ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

त्यसैगरी, दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स छ। उक्त कम्पनीले सो अवधिमा दुई अर्ब २६ करोड ५४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले दुई अर्ब ७ करोड ८० लाख रुपैयाा कुल बीमाशुल्क संकलन गरेको छ ।

हिमालयन लाइफले एक अर्ब ९३ करोड ३८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ। सूर्यज्योति लाइफले एक अर्ब १२ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ। एशियन लाइफले ९२ करोड ७३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, सिटिजन लाइफले ७६ करोड ४१ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ६७ करोड ५९ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ५८ करोड ७४ लाख रुपैयाँ संकलन गरेका छन् ।

यता, आइएमई लाइफले ५४ करोड २७ लाख रुपैयाँ, मेट लाइफले ५० करोड ५५ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ४९ करोड ९७ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ४६ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क, सन नेपाल लाइफले ४४ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

प्रकाशित : २० भाद्र २०८१, बिहीबार १९:४५