बुद्धभूमि नेपाल हाइड्रोको सेयरको लकइन अवधि सकिदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बुद्धभूमि नेपाल हाइड्रोको सेयरको लकइन अवधि सकिदै



काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको ३२ लाख १६ हजार कित्ता सेयरको लकइन अवधि आगामी असोज २१ गतेबाट सकिने भएको छ। कम्पनीमा संस्थापकको २८ लाख कित्ता, स्थानीयको ४ लाख कित्ता र कर्मचारीको १६ हजार कित्ता सेयर रहेको छ।

कम्पनीले आइपीओ निष्कासन गरेर २०७८ असोज २२ गते बाँडफाँट गरेको थियो। बाँडफाँटको ३ वर्षसम्म संस्थापक, स्थानीय र कर्मचारीको सेयर ३ वर्षका लागि लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

प्रकाशित : २० भाद्र २०८१, बिहीबार १२:१२