सामसङको ए–श्रृङ्खलाले अर्को रोमाञ्चक एडिसनलाई स्वागत गर्दछ – Galaxy A06! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सामसङको ए–श्रृङ्खलाले अर्को रोमाञ्चक एडिसनलाई स्वागत गर्दछ – Galaxy A06!



काठमाडौं । यस सेप्टेम्बरमा, नयाँ प्रभावशाली सुविधाहरू र किफायती मूल्य निर्धारणको साथ सबैले मन पराउने गरी डिजाइन गरिएको ग्यालेक्सी ब्ण्ट को परिचयसँगै सामसङको लोकप्रिय ए शृङ्खला बढ्दै गएको छ । सामसङको एन्ट्री–लेभल लाइनअपमा पछिल्लो एडिसनको रूपमा, Galaxy A06 ले नेपाली प्रयोगकर्ताहरूका लागि बेस्ट अनुभूति दिने बाचा गरेको छ ।

Galaxy A06 लाई स्लिकर र स्लिमर डिजाइनमा अपग्रेड गरिएको छ, जुन तपाईंको हातमा आरामसँग फिट हुन्छ र यो सुरक्षित पकडको लागि पनि उपयुक्त छ ।

डिभाइसमा पावरफुल ५० एमपी प्राइमरी क्यामेरा, २ एमपी डेप्थ सेन्सर छ, जसले स्पष्ट र डिटेल भएको फोटोहरू खिच्ने सुनिश्चित छ र उत्कृष्ट सेल्फीहरूको लागि यसमा ८ एमपी फ्रन्ट क्यामेरा छ ।

यस फोनमा ६.७” को HD+ PLS LCD स्क्रिन छ र यसले माइत्रो एसडी मार्फत १ टिबीसम्म बाह्य मेमोरी सपोर्ट गर्छ ।

Galaxy A06 MediaTek Helio G85 प्रोसेसरद्वारा संचालित छ, जसले गेमिङ, कन्टेन्ट हेर्ने र शेयरिङको लागि उत्कृष्ट पर्फमेन्स फ्रदान गर्दछ । 5000mAh ब्याट्री र 25W तीव्र चार्जिङ समर्थनको साथ, यसले लामो पावर प्रदान गर्दछ, जुन दिनझर मजाले चल्छ ।

Galaxy A06 मा अब Samsung Knox Vault अर्थात EALS+ प्रमाणित विशेषता छ, जुन अघिल्लो मोडलहरूको दाँजोमा मुख्य अपग्रेड हो । Knox Vault ले हार्डवेयर अट्याकहरू विरुद्ध बलियो सुरक्षा प्रदान गर्दछ र प्रयोगकर्ताको संवेदनशील डेटाको अलग ट्याम्पर–प्रतिरोधी हार्डवेयरमा सम्पूर्ण सुरक्षा सुनिश्चित गर्दछ ।

नयाँ साइड फिंगरप्रिन्ट सेन्सरको साथ अब यसमा सुविधाजनक प्रमाणीकरण सरल हुनाको साथै यसको नवीनतम OS र सुरक्षा अपडेट्सहरूले तपाईंको डिभाइस नयाँ र सुरक्षित रहने सुनिश्चित गर्दछ ।

कालो, हल्का निलो र नयाँ सुनौलो रंगमा उपलब्ध, Galaxy A06 को 4/64 GB भेरियन्टको रु. १५, ४९९, 4\128 GB भेरियन्टको रु. १७,४९९ र 6/128 GB भेरियन्टको रु. १९,४९९ मूल्य निर्धारण गरिएको छ ।

तपाईंलाई सधैं पावर अप राख्ने सुनिश्चित गर्नको लागि फ्रत्येक Galaxy A06 को खरिदका साथ एक असली 25W Samsung निःशुल्क आउँदछ ।

उपभोक्ताहरूले इन्स्टा फाइनान्स सेवाका साथमा नयाँ Galaxy A06 सजिलैसँग प्राप्त गर्न सक्नेछन् । इन्स्टा फाइनान्स सबै अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध हुनेछन्।

यो सेवामा ०% ब्याज दरका साथ झन्झट मुक्त ईएमआई सेवाहरू र सजिलो प्रक्रीया समावेश छ, जसले गर्दा तपाईंले आफ्नो मनपर्ने डिभाइस एक घण्टा भित्रै आफ्नो हातमा प्राप्त गर्न सक्नुहुनेछ ।

सेवालाई अझ सरल बनाउँदै अब उपभोक्ताहरूले सहजरुपमा मात्र आफ्नो नागरिकताको साथ डिभाइस प्राप्त गर्न सक्छन् ।

यो डिभाइस भदौ २३ गते देख िनेपालभरका स्टोरहरूमा उपलब्ध हुनेछ।

प्रकाशित : १९ भाद्र २०८१, बुधबार ०९:१२