बीमा प्राधिकरणद्वारा मेलमिलाप तथा मध्यस्थता कार्यविधि लागू « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

बीमा प्राधिकरणद्वारा मेलमिलाप तथा मध्यस्थता कार्यविधि लागू



काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ताले आफ्नै घर परिवारको सदस्यको बीमा गर्न नपाउने व्यवस्था हटाएको छ । बीमकको सस्थागत सुशासन सम्बन्धी निर्देशका संशोधन गर्दै प्राधिकरणले उक्त व्यवस्था हटाएको हो ।

यसअघिको निर्देशकामा बीमा अभिकर्ताले आफु अभिकर्ता भई आफ्नो एकाघर परिवारको सदस्यको जीवन वा कुनै पनि सम्पत्ति वा दायित्वको बीमा गराउन नपाउने व्यवस्था गरिएको थियो ।

अभिकर्ताहरुबाट चर्को विरोध भएपछि प्राधिकरणले उक्त व्यवस्था हटाएर मंगलबार संशोधित निर्देशका जारी गरेको छ । अभिकर्ताहरुलाई व्यवहारिक रुपमा पनि समस्या भएपछि यस्तो निर्णय गरेको प्राधिकरणको भनाइ छ ।

तर, संशोधित निर्देशकाबाट प्राधिकरणले अभिकर्ताको लाइसेन्स खारेज गर्न सकिने अर्को कडा व्यवस्था पनि ल्याएको छ । अब अभिकर्ताले झुठो विवरण भरेर बीमा गरेमा त्यो कसुर मानिने छ । साथै, सम्बन्धित अभिकर्ताको लाइसेन्स समेत खारेज गरिने व्यवस्था निर्देशिकामा छ ।

‘बीमा अभिकर्ताले आफु अभिकर्ता भई बीमितको स्वास्थ्य अवस्था, उपचारको अभिलेख, उमेर आयस्रोत तथा कागजात विवरणहरु पूर्णरुपमा नभरी, ढाँटी वा लुकाई बीमा गरेको वा गराइएको पाइएमा ऐनअनुसार बीमा कसुर मानिनेछ र त्यस्तो बीमालेख सिफारिस गर्ने अभिकर्ताको इजाजतपत्र रद्द गर्न सकिनेछ,’ संशोधित निर्देशिकामा उल्लेख छ ।

यसरी प्राधिकरणले अभिकर्ताको लाइसेन्स नै रद्द गर्ने प्रावधानसहित निर्देशिका संसोधन गरेको छ । एकाघरको बीमा गर्न नपाउने सम्बन्धी दफा ३६ को उपदफा ३ मै यो व्यवस्था राखिएको छ । उक्त दफामा पहिला एकाघरको बीमा गर्न नपाउने व्यवस्था थियो । अहिले त्यसको ठाउँमा अभिकर्ताले झुठो विवरण भरी बीमा गराएमा लाइसेन्स रद्द गर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित : १८ भाद्र २०८१, मंगलवार १७:४०