सहकारी छानबिनका लागि गठिन संसदीय विशेष समितिको म्याद १५ दिन थप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सहकारी छानबिनका लागि गठिन संसदीय विशेष समितिको म्याद १५ दिन थप



काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको कार्यावधि १५ दिन थप भएको छ ।मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा समितिको कार्यवधि १५ दिनका लागि थप गरिएको हो ।

बैठकमा समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले हालसम्म गरेका कार्यप्रगतिबारे जानकारी गराएका थिए । समितिलाई तीन महिनाको समय दिएर जेठ १५ गते थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

तर तीन महिनामा काम नसकेपछि सभापति थापाले समितिले १५ दिनका लागि म्याद थप गर्न प्रतिनिधि सभा बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तुत प्रस्तावलाई समितिले सर्वसम्मत स्वीकृत भएको सभामुख देवराज घिमिरेले घोषणा गरे ।

समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र दिलेन्द्र बडू, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान रहेका छन् ।

प्रकाशित : १८ भाद्र २०८१, मंगलवार १७:३२