सांग्रिला डेभलपमेन्ट बैंकका सेयरधनी,ग्राहक र कर्मचारीले होटल भ्यू प्वइन्टमा छुट पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सांग्रिला डेभलपमेन्ट बैंकका सेयरधनी,ग्राहक र कर्मचारीले होटल भ्यू प्वइन्टमा छुट पाउने



काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नगरकोट भक्तपुरमा स्थित होटल भ्यू प्वइन्टबीच बैंकका ग्राहक, सेयरधनी र कर्मचारीहरुलाई होटलसँग सम्बन्धित सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका काठमाण्डौ क्लष्टर प्रमुख सुप्रिया श्रेष्ठ र होटलको तर्फबाट होटलका प्रबन्धक निर्देशक दिनेश भक्त श्रेष्ठले हस्ताक्षर गरेका छन् ।  

सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी होटल भ्यू प्वइन्टको सेवामा २० प्रतिशत तथा बैंकका सेयरधनी र कर्मचारीहरुले २५ प्रतिशत कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् ।  

प्रकाशित : १८ भाद्र २०८१, मंगलवार १६:५०