‘नाडा अटो शो’मा स्काईवेलका १२६ गाडी बुकिङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

‘नाडा अटो शो’मा स्काईवेलका १२६ गाडी बुकिङ



काठमाडौं । नाडा अटो शो-२०२४ मा जि मोटर्स प्रा. लि. स्काईवेलका १२६ वटा गाडी बुकिङ भएको छ । विद्युतीय सवारीको आधिकारीक वितरकले जि मोटर्सले स्काईवेल इटि५-६२० किमि, बिई११ मोडेलका ५२० किमी र ४२० किमीको १२६ वटा गाडी बुकिङ गरिएको कम्पनिका कार्यकारी निर्देशक पारश मणी गेलालले जानकारी दिए ।

हाल नेपालमा ४० वटाभन्दा बढी स्काईवेलका इटि५-६२० किमि प्रीमियम विद्युतीय यसयुभि बिक्री-वितरण भईसकेका छन् । जि मोटर्सले नाडामा बुकिङ गर्ने ग्राहकका लागि विशेष मूल्य ४१० किमी, बिई११ को ७५ लाख ९० हजार, बिई ११५२० किमीको मूल्य ८५ लाख ९० हजार एबम ईटी५ को मुल्य १ करोड १० लाख रुपैयाँ कायम गरेको छ ।

ग्राहकको उत्साहजनक बुकिङ र अटो शो भिजिट गरी माया प्रदान गर्ने सबैलाई कम्पनीका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले धन्यवाद व्यक्त गरेका छन् ।

बुकिङ्ग गर्नेहरूलाई १/२ दिन भित्र सवारी उपलब्ध गराउने तयारी रहेको कम्पनीले जनाएको छ । नेपाली ग्राहकले युरोपियन बजारमा अत्याधिक रुचाईएको स्काईवेलका प्रीमियम सवारीको गुणस्तर परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भु-भागमा सहजै यात्रा गर्न सक्ने कम्पनीको दाबी छ ।

स्काईवेल ६५ भन्दा बढी देशहरुमा जर्मनी, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्कि, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो। नाडा शो पश्चात सबै मोडेलमा ५ लाखले मूल्य वृद्धि हुने कम्पनीले जनाएको छ ।

प्रकाशित : १७ भाद्र २०८१, सोमबार १४:१८