दिगोको अटो कर्निवल बल्खुमा भाद्र १९ देखि २२ सम्म हुदै  « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

दिगोको अटो कर्निवल बल्खुमा भाद्र १९ देखि २२ सम्म हुदै 



काठमाडाैँ । नेपालमा विद्युतीय सवारीसाधनको प्रवर्द्धनमा अग्रणी भूमिका खेल्दै आएको दिगो ग्रुपले भाद्र १९ देखि २२ गतेसम्म बल्खुको मोर्डन पार्टी प्यालेसमा दिगो अटो कार्निभलको आयोजना गर्ने भएको छ।

कार्निभलको मुख्य आकर्षण स्पट एक्सचेन्ज कार्यक्रम रहने छ, जसमा सहभागीहरूले पुराना सवारीसाधनलाई नयाँ बिध्युतिया सवारीसाधनसँग अदलवदल गर्न सक्ने सुविधा पाउनेछन् । यस अवसरमा दिगो ग्रुपले सहभागीहरूलाई विशेष नगद छुट, थप मूल्याङ्कन, र सरल वित्तीय योजनाहरू जस्ता विभिन्न आकर्षक प्रस्तावहरू उपलब्ध गराउने जनाएको छ।

चार दिनसम्म चल्ने यस कार्निभलमा दिगो ग्रुपले आफ्ना विभिन्न बिध्युतिया गाडीहरूको प्रदर्शनी गर्नेछ। सहभागीहरूले ती गाडीहरूको टेस्ट ड्राइभ गर्न पाउने मौका पनि पाउनेछन् , जसले ग्राहकहरूलाई दिगोका गाडीहरूको उत्कृष्ट प्रविधि र प्रदर्शनको प्रत्यक्ष अनुभव गर्न मौका प्रदान गर्नेछ। टेस्ट ड्राइभ गर्ने सहभागीहरूलाई आकर्षक गिफ्ट ह्याम्पर्स प्रदान गरिने पनि कार्निभलको अर्को प्रमुख आकर्षण हो।

यसै कर्निवालमा दिगो ग्रुप अन्तर्गत अन्य स्टलमा सहभागीहरूले बिध्युतिय सवारीसाधन चार्ज गर्न आवश्यक समाधानहरू र चार्जर खरिदको जानकारी लिने अवसर साथै नेपाली राजमार्गमा चर्जिङ्ग स्टेशन साथै रेस्टुरेन्टको सुविधा दिने दिगो ई-स्टपको बारेमा पनि जानकारी लिन पाउनेछन् । यसरी सहभागीहरुले  दिगोको बिध्युतिया सवारीसाधन मात्रै नभई चार्जिङ तथा अन्य पूर्वाधारको बारेमा पनि राम्रो जानकारी पाउने दिगोले जनाएको छ। साथै यस कार्यक्रममा एक्सचेन्जको लागि भ्यालुएटर, फाईनेन्सिङ्गको लागि बैंक अनि ईन्सुरेंस तथा स्पेर पार्ट्स कम्पनीहरुको पनि उपस्थिथि रहने छ।     

आफ्नो ग्राहकहरुलाई चाहिने सबै सुबिधालाई एकै ठाउँमा ल्याएर गर्नलागेको यस ४ दिने कर्निवल व्यावसायिक इलेक्ट्रिक सवारीसाधन ग्राहकहरूको लागि अत्यन्त महत्वपूर्ण हुनेछ र यो कार्यक्रममा सहभागी भएर ग्राहकहरूले आफूलाई उपयुक्त र लाभदायक ईभी मा स्थानान्तरण गर्न सक्नेछन्। 

प्रकाशित : १७ भाद्र २०८१, सोमबार १३:१५