नाडा अटो शोमा कम्पोनेन्सतर्फको बेस्ट स्टल अवार्ड सत्यदीप इनर्जीलाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

नाडा अटो शोमा कम्पोनेन्सतर्फको बेस्ट स्टल अवार्ड सत्यदीप इनर्जीलाई



काठमाडौं । नाडा अटो शोको २०२४ को कम्पोनेन्सतर्फको बेस्ट स्टल अवार्ड सत्यदीप इनर्जी प्रालिले प्राप्त गरेको छ। गत मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको अटो शोमा बेस्ट अवार्ड सत्यदीप इनर्जी प्राइभेटले प्राप्त गरेका हो।

आइतबार नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आयोजना गरेको १६औं संस्करणको नाडा अटो शो समापन समारोहमा सत्यदीप इनर्जी अवार्डेड भएको छ। यस्तै, शोमा दुईपांग्रे बेस्ट स्टल अवार्ड बैद्य इनर्जी प्रालिले प्राप्त गरेको छ।

यस वर्षको कमर्सियलतर्फको बेस्ट अवार्ड एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्राइभेट लिमिटेडले प्राप्त गरेको छ। चार पांग्रेतर्फको बेस्ट स्टल अवार्ड भने सिजी मोटर्स प्रालि रेडारलाई प्रदान गरिएको छ।

प्रकाशित : १६ भाद्र २०८१, आईतवार २०:४१