देवः विकास बैंकले साझा विकास बैंकलाई अक्वायर गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

देवः विकास बैंकले साझा विकास बैंकलाई अक्वायर गर्ने



काठमाडाै  २५ चैत। देवः विकास बैंकले साझा विकास बैंकलाई अक्वायर गर्ने भएको छ । यी दुुई बैंकबीच बिहीबार प्राप्ति सम्बन्धी समझदारीपत्रका हस्ताक्षर भएको हो । समझदारी पत्रमा देवः विकास बैकको तर्पmबाट संचालक समितिका अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्य र साझा विकास बैंकको तर्पmबाट संचालक समितिका अध्यक्ष फकिरसिंह कडायतले हस्ताक्षर गरेका छन्।

नेपाल राष्ट्र बैकबाट जारी निर्देशन बमोजिम २०७४ असार मसान्तसम्म तोकिए बमोजिम चुक्ता पूँजी पुर्याउनु पर्ने भएकोले सो बमोजिम चुक्ता पूँजी कायम गर्न यो समक्षदारी पत्रमा हस्ताक्षर बैंकहरुले बताएका छन् । साझा विकास बैंक प्राप्तिपछि नेपालको सुदुर पश्चिम क्षेत्रमा बैंकका शाखा सञ्जालहरु विस्तार भई नेपालभर ४६ वटा शाखा सञ्जाल पुुग्नेछ भने कुल निक्षेप रु. ११ अर्ब र कर्जा लगानी रु. ९.४५ अर्ब पुग्ने छ । साथै, संस्थाको नाम देवः विकास बैक लि. नै रहने तथा संचालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत समेत देवः विकास बैंक लि. कै रहने समझदारी भएको छ ।

यसअघि देवः विकास बैंकले युनियन फाइनान्स लिमीटेड प्राप्ति गर्न समझदारी पत्रमा हस्ताक्षर गरी प्रक्रिया अगाडि बढाइसकेको छ भने हालै निष्काशित हकप्रद शेयर बाँडफाँडको काम पनि सकिसकेको छ ।

दुुई संस्थाको प्राप्तिपछि यो बैंकको कुल चुक्ता पूँजी रु. १ अर्ब ७२ करोडको उचाईमा पुग्नेछ । यस बैंकले थप चुक्ता पूँजीको लागि अन्य संस्थाहरु प्राप्ति तथा मर्जरको प्रक्रियालाई समेत जारी राख्ने बताएको छ ।

प्रकाशित : २५ चैत्र २०७३, शुक्रबार ०६:२९