कालिका माईक्रोले बोलायो साधारणसभा, कति दिंदैछ बोनस ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कालिका माईक्रोले बोलायो साधारणसभा, कति दिंदैछ बोनस ?



काठमाडौं, २५ चैत  । कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंकले वैशाख २३ गते आफ्नौ सातौं साधारणसभा बोलाएको छ । कम्पनीको साधारणसभाले आफ्ना लगानीकर्तालाई ६५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीलाई उक्त बोनस वितरणका लागि नेपाल राष्ट्र बैंकले यसअघि नै स्वीकृत प्रदान गरेको छ । स्याङ्जामा मूख्य कार्यालय रहेको कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंकले वैशाख २३ गते आफ्नौ सातौं साधारणसभा वालिङमा गर्ने जानकारी दिएको छ ।

कम्पनीको बोनस खान चाहने लगानीकर्ताले वैशाख ३ गते भित्र शेयर खरिदगर्नु पर्नेछ । कम्पनीले साधारणसभा प्रयोजनका लागि वैशाख ४ गतेदेखि २३ गतेसम्म शेयरधनी पुस्तिका बन्द हुने जनाएको छ ।

प्रकाशित : २५ चैत्र २०७३, शुक्रबार ०५:३१