अडियोको अनुभवलाई नेक्स लेभलमा पुर्याउँदै रेड्मी बड्स ५ ए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

अडियोको अनुभवलाई नेक्स लेभलमा पुर्याउँदै रेड्मी बड्स ५ ए



काठमाडौं । अहिले सहज र उत्कृष्ट साउन्ड प्रदान गर्ने उच्च–गुणस्तरका अडियो डिभाइसको माग बढ्दै गएको छ । यात्रामा हुदाँ, वर्कवाउट गर्दा वा घरमै बस्दा, सही इयरबड्सले प्रयोगकर्ताको अडियो अनुभवमा ठूलो अन्तर पार्न सक्छ । पछिल्लो समयमा विभिन्न वायरलेस प्रविधिहरुले प्रयोगकर्तालाई आवश्यक अडियो अनुभव, उत्कृष्ट कनेक्टिभिटी र अन्य विशेषताहरू प्रदान गर्दै आएका छन् जसमध्ये रेड्मी बड्स ५ ए पनि निकै चर्चामा छ ।

रेड्मी बड्स ५ ए मा एक्टिभ नोइज क्यान्सिलेसन (एएनसी) उपलब्ध रहेको छ जसले अनावश्यक आवाजलाई रोकी प्रयोगकर्तालाई म्युजिक, पोडकास्ट वा कलमा क्लीयर साउन्ड प्रदान गर्दछ । साथै ट्रान्सपेरेन्सी मोडले प्रयोगकर्तालाई अडियोको मजा लिँदै वरपरको वातावरणको जानकारी राख्ने सुविधा पनि दिन्छ जसले आकर्षक अडियो र सुरक्षाबीच सन्तुलन कायम गर्छ ।

गुगल फास्ट पेयरले गर्दा यो इयरबड्स अरु डिभाइसहरुसँग तुरुन्तै कनेक्ट हुन्छ । यसको १२ मिलिमिटरको ब्यास प्रो ड्राइभरले गहिरो र डाइनामिक साउन्ड प्रदान गर्छ भने आइपिएक्स फोर रेटिङले पसिना र पानीका छिटाहरूबाट पनि सुरक्षा दिन्छ । साथै एआई इन्भारोमेन्टल नोइज क्यान्सिलेसनलले कलको समयमा स्पष्टता प्रदान गर्दछ भने यसले लगभग ३० घण्टाको ब्याट्री लाइफ पनि दिन्छ ।

रेड्मी बड्स ५ ए का विशेषताहरू

रेड्मी बड्स ५ ए उच्च प्रदर्शन र प्रयोगकर्ताको सहजतालाई ध्यानमा राखी निर्माण गरिएको छ । यसको १२ मिलिमिटरको डायनामिक ड्राइभरहरूले २० हर्ज देखि २४ किलोहर्जसम्मको प्रभावशाली फ्रिक्वेन्सी प्रदान गर्छन् । प्रयोगकर्ताले हेभी ब्यास भएको वा हाइ पिच भएका गीतहरूमा पनि यी इयरबड्सले अडियोमा स्पष्टता र गहिराइ प्रदान गर्छ ।

आधुनिक जीवनशैलीलाई ध्यानमा राखी डिजाइन गरिएको रेड्मी बड्स ५ ए टच कन्ट्रोलहरूका साथ आउँछ जसले प्रयोगकर्तालाई सजिलैसँग संगीत, कल र भ्वाइस असिस्टेन्टलाई व्यवस्थापन गर्न मद्दत गर्छ । आइपिएक्स फोरका साथ इयरबड्सहरू पसिना र पानीका छिटाहरू प्रतिरोधी छन् । ब्लुटुथ ५.४ ले स्टेबल र इफिसियन्ट कनेक्टिभिटी सुनिश्चित गर्छ भने एसबिसी अडियोले हाइ क्वालिटी साउन्ड प्रदान गर्छ ।

रेड्मी बड्स ५ ए को ब्याट्री लाइफ यसको अर्को विशेषता हो । ४४० एमएएच ब्याट्री चार्जिङ केस सहित प्रत्येक इयरबडमा ३४ एमएएच ब्याट्रीको साथ प्रयोगकर्ताले चार्जिङ केस एक पटकको चार्जमा ३० घण्टासम्मको प्लेब्याक समय र प्रत्येक इयरबडमा ५ घण्टा निरन्तर प्रयोग गर्न सक्नेछन् । क्वीक चार्ज सुविधाले मात्र १० मिनेटको चार्जमा ९० मिनेटको प्लेब्याक प्रदान गर्छ ।

प्रत्येक इयरबडको तौल मात्र ३.६ ग्राम मात्र रहेको छ जसले यो लामो समयसम्म पनि आरामले प्रयोग गर्न सकिन्छ । चार्जिङ केससहित कुल तौल लगभग ४१.२ ग्राम मात्र रहेको हुन्छ जसले गर्दा यो जहाँसुकै पनि सजिलै बोक्न सकिन्छ ।

रेड्मी बड्स ५ ए ले हाइ क्वालिटी अडियो, सहज कनेक्टिभिटी र आकर्षक डिजाइनको शक्तिशाली संयोजन प्रदान गर्छ । एक्टिभ नोइज क्यान्सिलेसन, लामो ब्याट्री लाइफ र सहज कन्ट्रोलहरूको साथमा यी इयरबड्स दैनिक जीवनमा उत्कृष्ट अडियो गुणस्तर र सहजता खोज्ने सबैका लागि पर्फेक्ट चोइस बन्न सक्छ । रेड्मी बड्स ५ ए को मुल्य रु. २,४९९ रहेको छ ।

प्रकाशित : १५ भाद्र २०८१, शनिबार ११:१४