बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक



काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले ४० अर्ब तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले २१ दिन अवधिको ४० अर्ब रूपैयाँ निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको हो ।

जसको सावाँ र ब्याज भुक्तानी असोज २ गते हुनेछ । ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ ।

अघिल्लो दिन मंगलबार मात्रै स्थायी निक्षेप सुविधा ९एसडीएफ० अन्तर्गत प्रणालीबाट १ खर्ब ७४ अर्ब ५५ करोड रुपैयाँ उठाएको थियो ।

बैंकहरूले घटीमा १० करोड र बढीमा ५ करोडले भाग जानेगरी बोलकबोल हुने रकमसम्मको आवेदन दिन सक्नेछन् । उक्त उपकरण राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थासँग धितो राख्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।

वित्तीय बजारमा अधिक तरलताको स्थितिमा सोको व्यवस्थापन गरी बजार ब्याजदरलाई व्यवस्थित गर्न आवश्यकता अनुसार राष्ट्र बैंकले आफ्ना काउन्टरपार्टीहरूबाट संकलन गरिने निक्षेप उपकरण नै निक्षेप संकलन उपकरण हो ।

प्रकाशित : १२ भाद्र २०८१, बुधबार ११:४६