३५ अर्व लाभकर बुझाउन आनाकानी गर्ने एनसेलमा गैरकानुनी कामदार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

३५ अर्व लाभकर बुझाउन आनाकानी गर्ने एनसेलमा गैरकानुनी कामदार



काठमाडौं २४ चैत। सरकारलाई ३५ अर्व लाभकर बुझाउन आनाकानी गर्दै आएको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको नयाँ लफडा बाहिर आएको छ । एनसेलमा दर्जनौ विदेशी कर्मचारीहरु गैरकानुनी तरिकाले काम गर्दै आइरहेको तथ्य भेटिएको छ । श्रम विभागसँग एनसेलमा काम गर्ने विदेशी कामदारको एकमुष्ट तथ्यांक भए पनि उनीहरूको स्पष्ट विवरण भने उपलब्ध छैन । विभागले कुन मितिमा कति विदेशी कामदार आए, कति गैरकानुनी रूपमा बसेका छन् तथा कति समयमै फर्किए भन्ने रेकर्ड समेत नराख्दा एनसेलले मनपरी गर्न छुट पाएको छ ।

एनसेलका विदेशी कामदार आएको मिति र उनीहरूको भिसाको अन्तिम मिति समेत उल्लेख नहुँदा गैरकानुनी रूपमा बसेर सेटिङ मिलाई काम गर्नेको संख्या अधिक रहेको स्रोतको भनाई छ । स्रोतका अनुसार एनसेलका लेखा प्रमुख हादी हाल्मीले गैरकानूनी तरिकाले वर्किङ भिसा निकालेको भन्दै एनसेलकै कर्मचारीले अध्यागनम विभागमा उजुरी हालेपछि यो रहस्य बाहिर आएको हो । हाल्मीले एनसेलका २० प्रतिशत सेयरका लगानीकर्ता शतिसलाल आचार्यसँगको मिलेमतोमा गत वर्ष नेपालबाट करिब १० लाख मिलियन अमेरीकी डलर गैरकानूनी तरिकाले मलेसिया पठाएको स्रोतले बताएको छ ।

त्यसो त उद्योग विभागको वैदेशिक लगानी शाखाका अनुसार एनसेलले ‘रि–ब्राण्डिङ’का क्रममा ‘टेक्नोलोजी ट्रान्सफर’ का लागि थप बिदेशी प्राविधिकहरु नेपाल भित्र्याएको छ । यस्ता प्राविधिकहरुका लागि उद्योग विभागले ‘विजनेस भीसा’ उपलब्ध गराउन सहजकर्ताको रुपमा काम गर्दै आएको छ ।

कुनै पनि कम्पनीले विदेशबाट कामदार ल्याउँदा सम्बन्धित देशको कार्यादेश लिनुपर्ने हुन्छ । तर, एनसेलले कार्यादेश बिना नै पर्यटक भीसामा कामदार भित्र्याइरहेको बिभाग स्रोतको दाबी छ । एनसेलले नेपाल सरकारबाट कामदार झिकाउने कार्यादेश अनुमतिबापत नेपाल सरकारलाई थप राजश्व बुझाउनुपर्ने हुन्छ । बिदेशी कामदार नेपाल आएर छ महिनासम्म उसले गरेका कामको तौर–तरिका हेरिन्छ । काममा चित्त बुझे वर्क–पर्मिट दिइने श्रम विभागका एक अधिकारी वताउँछन् ।

वर्क–पर्मिट पाएपछि पनि छरछ महिनामा उसको पासपोर्ट जाँच गरिने विभागको दाबी छ । उनीहरूले भनेको काम नगरेको वा आफू बस्ने स्थान परिवर्तन गरेको, अन्य कम्पनीमा काम गरेको पाइए विभागले कारबाही गर्ने गरेको छ । नियमविपरीत काम गर्नेलाई विभागले कारबाही गर्दै आएको छ । तर, एनसेलका लेखा प्रमुख हादी हाल्मीले नेपाल आएर कुनै काम नै नगरिकन उद्योग बिभाग र श्रममा सेटिङ मिलाई वर्क–पर्मिट लिएको भन्दै कर्मचारीहरुले उजुरी हालेपछि सेटिङ मिलाउने नेपाली कर्मचारीहरु पनि छानविनको दायरामा तानिन लागेका हुन ।
अर्कोतिर एनसेलले कर छली मात्र होइन एनसेलको पूर्वाधारको काम गर्ने कम्पनीको रकम रोक्दा कर्मचारीलाई समेत तलब खुवाउन नसक्ने भएको पछि कम्पनी नै बन्द गर्ने अबस्थामा पुगेका छन् । एनसेलेको खातामा अर्बौ रकम हुँदा हुँदै पनि हाल्मीले कम्पनीमा पैसा नभएको भन्दै ती कम्पनीको रकम रोकेको स्रोतले बताएको छ । एनसेलसंग कन्ट्य्राकमा काम गर्दै आइरहेका केही कम्पनीहरुको करोडौ रकम अझै नतिर्दा ती कम्पनीहरु बैंकको कालो सूचीमा पर्न थालेका छन् । एनसेलका लागि काम गर्ने कम्पनीहरुले सम्झौता अनुसार काम पूरा गरिसक्दा पनि एनसेलबाट लिनुपर्ने करोडौं रकम भुक्तानी नपाएपछी आफूहरु बैंक डिफल्टर हुने सम्भावना बढेको ती व्यापारीले बताए ।

उनले भने–‘नेपाली कम्पनीले बर्षौदेखि काम गरेको रकम एनसेलले भुक्तानी नगरिदिँदा कम्पनीहरुले बैंकबाट लिएको ऋण तिर्न नसक्ने अवस्था आएको छ ।’ त्यतिमात्र नभएर एनसेलसँग काम गरिरहेका धेरै ठेकेदार कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई तलब समेत दिन नसकेको बताएका छन् । गत बर्ष मलेसियन कम्पनी एक्जियताले एनसेलको मुख्य लगानिकर्ता टेलियासोनेरासँग ८० प्रतिशत शेयर किनेको थियो । यसले बर्षमा २० अर्ब रुपैयाँ नाफा गर्ने गरेको छ । सोहीवापत नेपाल सरकारलाई तिर्नपर्ने कारोबार कर र लाभकर पूँजी समेत गरि ३५ अर्व एनसेलले तिर्न बाँकी रहेको छ । तर, एनसेलले भने विक्रेता अर्थात टेलियासोनेराले पैसा तिर्नुपर्ने भन्दै लविङ गर्दै आएको छ ।

सरकारलाई चुनाव खर्च जुटाइदिने तर त्यसका लागि नेपाल छाडिसकेको विदेशी कम्पनी टेलियासोनेराबाट लाभकर उठाउनु पर्ने शर्त शतिशलाल आचार्यको समूहले राखेको छ । जुन कुरालाई एनसेलका विवादास्पद नेपाली कर्मचारीहरु सञ्जु कोइराला र मिलनमणी शर्माले मिडियामार्फत क्याम्पेनिङ गर्दै आएका छन् । कोइरालाले त उद्योग र अर्थ मन्त्रीलाई भेटेर करोडौं कमिसनको अफर गरेको एनसेलमा चर्चा हुने गरेको छ ।
युनाइटेड पोष्टबाट ।

प्रकाशित : २४ चैत्र २०७३, बिहीबार ११:२०