काठमाडौं । नेपालमा भूकम्पपछिको पुननिर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन आयोजित दाता सम्मेलन काठमाडौंको सोल्टी होटलमा शुरु भएको छ ।
सम्मेलनको औपचारिक उद्घाटनअघि भूकम्पले तहस नहस पारेको नेपालको अवस्था झल्काउने वृत्तचित्र प्रदर्शन भएको छ ।
सम्मेलनमा बिभिन्न देश र दातृ निकायका करीव २६० प्रतिनिधि सहभागी छन् । छिमेकी भारत र चीनले विदेशमन्त्रीको नेतृत्वमा टोली पठाएका छन् ।
सम्मेलनको उद्घाटन मन्तव्य प्रधानमन्त्री शुसील कोइरालाले दिएपछि अर्थमन्त्री डा.रामशरण महतले सम्मेलनको बारेमा मन्तव्य दिनेछन् ।
सम्मेलनमा भारत,चीन, जापान, बंगलादेश, नर्वे लगायत बिभिन्न देशका मन्त्रीहरुले सम्बोधन गर्दैछन् । दोस्रोत सत्रमा योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले विपतिपछिको आवश्यकता मुल्यांकन प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले गत वैशाख १२ गते गएको भूकम्प र त्यसपछिक पराकम्पनले मुलुकमा पारेको क्षतिको विवरण प्रस्तुत् गरेका थिए ।
त्यस क्रममा प्रधानमन्त्री कोइरालाले मुलुक पुनर्निर्माणका लागि ६ खर्ब ६९ अर्ब रुपैयाँ आवश्यक पर्ने भएकाले सक्दो सहयोग गर्न दाताहरुसमक्ष आग्रह गरे ।
त्यसअघि परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सम्मेलनमा सहभागी हुन आएका अतिथिहरुको स्वागत गरेका थिए ।
अर्थ मन्त्री डा.रामशरण महतले मन्तव्य राख्दै नेपालमा भूकम्पले पारेको क्षतिको विवरण सुनाएका छन् ।
Comment