एनआईसी एशिया बैंक इमर्जिङ एशिया बैंकिङ अवार्डबाट सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआईसी एशिया बैंक इमर्जिङ एशिया बैंकिङ अवार्डबाट सम्मानित



काठमाडौं । एनआईसी एशिया बैंकले इमर्जिङ एशिया बैंकिङ अवार्ड-२०२३ अन्तर्गत बेस्ट ईन डिजिटल बैंकिङ क्याटोगोरीमा अवार्ड पाएको छ । इण्डियन च्याम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजना गरेको ‘बैंकिङ कनक्लेभ २०२४’ मा कम्पनीले उक्त अवार्ड पाएको हो ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ सेवाहरू क्रमिक रुपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको सन्दर्भमा प्राप्त उक्त पुरस्कारले डजिटल बैंकिङमा अझ बढी उत्पे्ररणा प्रदान गरेको कम्पनीले बताएको छ ।

अवार्डका लागि इण्डियन च्याम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचक निर्धारण गरेको थियो ।उक्त अवसरमा भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमार लगायतका देशका बैंकको प्रतिस्पर्धा थियो ।

प्रकाशित : १० भाद्र २०८१, सोमबार ०९:३६