ग्लोबल आइएमई बैंकका ग्राहकलाई के ल्याबमा भारि छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्लोबल आइएमई बैंकका ग्राहकलाई के ल्याबमा भारि छुट



काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकलाई क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के-ल्याब) मा विशेष छूट दिने समझदारी भएको छ । समझदारी अनुसार कम्पनीको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले के-ल्याबमा ल्याब सम्बन्धी सेवाको शुल्कमा २५ प्रतिशत छूट सुविधा पाउने छन् ।

उक्त समझदारीमा कम्पनीका बागमती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टरका प्रशासनिक निर्देशक कान्ती थापाले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार कम्पनीको ग्राहकहरुले के–ल्याब नक्साल र बौद्धमा उपलब्ध ल्याबसम्बन्धी सेवा वापतको भुक्तानीको लागि डेबिट तथा क्रेडिट कार्ड र मोबाईल बैंकिङ्ग प्रयोग गर्दा २५ प्रतिशत छूट पाउने छन् ।

ग्राहकको सुविधालाई ध्यानमा राख्दै कम्पनीले विभिन्न संघ-संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको बताएको छ ।

उक्त कम्पनी मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । कम्पनीले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : १० भाद्र २०८१, सोमबार ०९:१३