प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकाे लाभांश घोषणा, १७ प्रतिशत हकप्रद जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकाे लाभांश घोषणा, १७ प्रतिशत हकप्रद जारी गर्ने



काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।

बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमा १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि .प्रतिशत नगद लाभांश छन्।

सोही बैठकले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजी चार अर्ब ७२ करोड ५६ लाख रुपैयाँको ७ प्रतिशतबरारबरको हकप्रद सेयर जारी गर्ने पनि निर्णय गरेको छ। यसअघि नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम ५ अर्ब रुपैयाँ चुक्तापुँजी कायम गर्न १७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णयलाई पुनरावलोकन गर्दै ७ प्रतिशत कायम गर्ने निर्णय कम्पनीले गरेको छ। बोनस सेयर वितरण गर्ने भएपछि कम्पनीले हकप्रदमा पुनरावलोकन गरेको हो।

गत वर्ष पुस २९ गते सम्पन्न छैटौँ वार्षिक साधारणसभाबाट अनुमोदन गराई नेपाल धितोपत्र बोर्डसमक्ष आवश्यक कागजात सहित १७ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि कम्पनीले निवेदन पेस गरेको थियो। तर, नेपाल धितोपत्र बोर्डबाट हालसम्म स्वीकृति प्राप्त नभएकाले हकप्रद पुनरावलोकन गर्ने निर्णय गरिएको कम्पनीले स्पष्ट पारेको छ।

प्रस्तावित लाभांश र हकप्रद स्वीकृतिका लागि बीमा प्राधिकरणसमक्ष पेस गरिने कम्पनीले जनाएको छ। प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गर्ने कम्पनीले जनाएको छ।

प्रकाशित : ९ भाद्र २०८१, आईतवार १२:१५