महालक्ष्मी विकास बैंक आईएसओ ९००१ : २०१५ प्रमाणित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महालक्ष्मी विकास बैंक आईएसओ ९००१ : २०१५ प्रमाणित



काठमाडाैं । महालक्ष्मी विकास बैंक अन्तरराष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओ ९००१: २०१५ प्रमाणित कम्पनी बनेको छ ।गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तरराष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भए बमोजिम साउन ३२ गतेदेखि लागू हुने गरी उक्त कम्पनी आईएसओ ९००१ः२०१५ बाट प्रमाणित भएको हो ।

कम्पनीले “Provision of Development Banking Activities” अन्तर्गत प्रमाणपत्र प्राप्त गरेको र यस्तो प्रमाणपत्र प्राप्त गर्नेमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंक अग्रणी बैंक बनेको छ ।

अन्तरराष्ट्रिय मापदण्ड अनुरुपको बलियो गुणस्तर व्यवस्थापन प्रणाली कायम गरेका साथै उत्कृष्ट सेवा प्रदान गर्न सक्ने, ग्राहक सन्तुष्टिलाई सुनिश्चित गर्न सक्ने तथा आफ्नो कार्य प्रणालीलाई निरन्तर रुपमा सुधार गर्न सक्ने संस्था मात्र यस्तो प्रमाणपत्र प्राप्तगर्न योग्य हुन्छन् ।

यस प्रमाण पत्र प्राप्तिको लागि उक्त कम्पनीको नीति, नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको जाँच तथा विस्तृत अडिट Royal Impact Certification Ltd USA द्वारा गरिएको थियो ।

प्रकाशित : ७ भाद्र २०८१, शुक्रबार २०:२८