राष्ट्र बैंकद्वारा पाँच रेमिट्यान्स कम्पनीको इजाजतपत्र खारेज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंकद्वारा पाँच रेमिट्यान्स कम्पनीको इजाजतपत्र खारेज



काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच वटा रेमिट्यान्स कम्पनीको इजाजतपत्र खारेज गरेको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै ती कम्पनीको लाइसेन्स विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित)को विनियम १३ को उपविनियम (१०) को खण्ड (ङ) र सोही विनियमको उपविनियम (११)को खण्ड (क) र (ग) बमोजिम स्वतः खारेज भएको जानकारी गराएको हो।

खारेजीमा परेका रेमिट्यान्स कम्पनीहरुमा ग्लोबल माउन्टेन रेमिट प्रालि,राम्रो रेमिट प्रालि, संसार रेमिट प्रालि ललित मनि ट्रान्सफर प्रालि र माक्स मनि ट्रान्सफर प्रालि छन् ।

ती कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम बाँकी रहेको भए सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विदेशी विनिमय विभागमा लिखित रुपमा निवदेन दिन पनि सूचनामा भनिएको छ ।

प्रकाशित : ७ भाद्र २०८१, शुक्रबार १५:४७