घट्याे सुनचाँदीको मूल्य, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

घट्याे सुनचाँदीको मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको मूल्य एक लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रकाशित : ७ भाद्र २०८१, शुक्रबार ११:२४