सुनको मूल्य सामान्य घट्यो, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य सामान्य घट्यो, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडाैं । मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ताेलामा एक सय रुपैयाँले घट्दै प्रतितोला एक लाख ५२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतिताेला एक लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य ताेलामा १० रुपैयाँले बढ्दै प्रतितोला एक हजार ८२० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित : ४ भाद्र २०८१, मंगलवार ११:१२