काठमाडौं। इस्लामिक स्टेट(आइएस)ले सामाजिक सञ्जालमार्फत कयौं मुद्राको तस्विर राखेको छ । ती मुद्रा विभिन्न धातुको भएको आइएसले जानकारी दिएको हो । ती मुद्रालाई इस्लामिक दिनार भनेर उल्लेख गरिएको छ ।
इस्लाम धर्मावलम्बीको पवित्र महिना रमदान चलिरहेको छ । रमदानको लगत्तै इद पर्व आउने गर्छ । इदको दिनदेखि ती मुद्रा प्रयोगमा ल्याइने आइएसले बताएको हो ।
यसका लागि आफ्ना प्रभावित क्षेत्र र आआफ्ना लडाकुहरु भएको ठाउँमा ती सिक्काहरु पुगिसकेको आइएले जानकारी दिएको छ ।
आइएसले आफूलाईलाई अरु संगठन जस्तो नआँक्न चेतावनी दिँदै आएको छ । उसले आफूले सिंगो इस्लाम राज्य सञ्चालन गर्ने र त्यसका लागि आवश्यक वस्तुको प्रवन्ध गरिने उसले सामाजिक सञ्जालमार्फत जानकारी दिंदै आएको छ ।
अरबी भाषमा लेखिएको स्वर्ण मुद्रामा इस्लाम धर्मगुरु पैगम्बर मुहम्मदको चित्र अंकित गरिएको छ ।
आइएसले आआफ्नो मुद्राको मूल्य एक सय ३९ अमेरिकी डलर बराबर भएको बताएको छ । आजको अन्नपूर्णबाट ।
Comment