मन्त्री अधिकारीको गुनासोः सहकारी अभियान भित्र विभेद छ सरकारले कस्को कुरा सुन्ने खै ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मन्त्री अधिकारीको गुनासोः सहकारी अभियान भित्र विभेद छ सरकारले कस्को कुरा सुन्ने खै ?



काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले समस्या समाधानमा सहकारीकर्मीहरु बीचमै समन्वय नभएको गुनासो गरेका छन् । शुक्रबार नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको ३७ औँ स्थापना दिवस कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । उनले प्रश्न गर्दै भने, ‘सहकारी अभियानकर्मीहरूबिचमै समन्वयमा भावनात्मक एकता छैन की ?

उनले एक्ले अर्कालाई दोष दिएर सहकारीका समस्या समाधान नहुने बताए । ‘एकले अर्कालाई दोष देखाएर सहकारीका समस्या समाधान गर्न सकिँदैन । एकले अर्कालाई दोष दिएर पन्छिने गर्ने हो भने कहिले पनि समस्या समाधान गर्न सकिँदैन’, कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले भने, ‘सहकारीमा देखिएका समस्याहरू कसरी समाधान गर्न सकिन्छ । कुन कुन निकायहरूमा समन्वय, सहयोग र समर्थनमा सकिन्छ भन्नेमा ध्यान दिनु पर्छ ।’मन्त्री अधिकारीले भने तपाईँहरू बिचमै विभेद छ । ’सहकारी अभियानको हितका लागि काम भन्दै अभियानताहरु फरक फरक धारणा लिएर आउनु हुन्छ, सरकार नै अलमलमा परेको छ कस्को कुरा सुन्ने कस्को नसुन्ने’, सहकारी सञ्चालकहरू एउटै धारमा हुनुपर्‍यो नि ?

सहकारी अभियानले समस्यामा आएका सहकारीलाई समाधान गर्ने योजना बनाउनुस न समाधान हुन्छ,’, उनले थपे,‘ बिग्रियो भन्ने अप्ठ्यारोमा परेकालाई पन्छाउने अनि आफू अघि बढ्न खोजेर समस्याको समाधान हुँदैन ।’ सदस्यको समृद्धिका लागि भन्दा पनि सञ्चालकले व्यक्तिगत मुनाफाका लागि ध्यान दिँदा समस्या आएको उनको भनाइ छ ।

मन्त्री बलराम अधिकारीले सहकारी सञ्चालकहरूको दोहोरो पदबारे सहकारीकर्मीहरुबीच नै फरक फरक धारणा रहेको बताए । ‘एक व्यक्ति कति ठाउँमा बस्ने हो ? यसको पनि किटान हुनुपर्‍यो ।

प्रकाशित : १ भाद्र २०८१, शनिबार ०७:२६