काठमाडौ । सुनवल १ नवलपरासीमा रहेको सयपत्री बचत तथा ऋण सहकारी नेफ्स्कून सर्वोत्कृष्ट साकोसकाे रूपमा सम्मानित हुने भएकाे छ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को ३७ औं स्थापना दिवसको अवसरमा साे घाेषणा गरेकाे हाे ।
त्यसैगरी भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ नेफ्स्कून सर्वोत्कृष्ट संघ घोषणा भएको छ । नेफ्स्कून प्रदेशस्तरीय उत्कृष्ट सदस्य संस्थामा कोशी प्रदेशबाट मनकामना बचत तथा ऋण सहकारी मोरङ, मधेस प्रदेशबाट बर्दिबास बचत तथा ऋण सहकारी बर्दिबास, महोत्तरी घोषणा भएका छन ।
त्यसैगरी बागमती प्रदेशबाट हिमाली बाह्मी बचत तथा ऋण सहकारी भरतपुर चितवन, गण्डकी प्रदेशबाट संगम बचत तथा ऋण सहकारी पोखरा कास्की, लुम्विनी प्रदेशबाट विजय फुलबारी बचत तथा ऋण सहकारी प्युठान घोषणा भएका हुन् ।
त्यसैगरी ग्रामिण बचत तथा ऋण सहकारी सल्यान कर्णाली प्रदेशस्तरीय उत्कृष्ट साकोस र सिर्जना बचत तथा ऋण सहकारी संस्था कञ्चनपुर सुदुरपश्चिम प्रदेशस्तरीय उत्कृष्ट साकोस घोषणा भए । सभामा नेफ्स्कूनका पूर्व संचालक कृष्ण बहादुर घजुलाई नेफ्स्कून अग्रज व्यक्तित्व सम्मान तथा नेफ्स्कून राइफाईसन क्रेडिट युनियन पुरस्कार एशियाली ऋण महासंघका प्रमुख प्राविधिक अधिकृत रञ्जित हिताराचीलाई प्रदान गरिने घोषणा गरिएको छ ।
Comment