स्थापनाको ३७ औं बर्षमा नेफस्कून, साकोसलाई सबल बनाउने अभियान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्थापनाको ३७ औं बर्षमा नेफस्कून, साकोसलाई सबल बनाउने अभियान



काठमाडाैं । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले ३६ औं स्थापना दिवस आज मनाउदै छ । संघ २०४५ साल साउन २३ गते स्थापना भएपनि सहकारी ऐन २०४८ आएपछि साउन २९ गते औपचारिक दर्ता भएको थियो । संघले स्थापना भएको मितिलाई बार्षिकोत्सवको रुपमा मनाउँदै आएको छ ।

२०४५ साल साउन ३२ गते नेफ्स्कूनको स्थापना भएको थियो । नेफ्स्कूनले आफ्नो ३७औं स्थापना दिवस आज (साउन ३२ गते) मनाउँदै छ । केन्द्रीय कार्यालयसँगै सदस्य सेवा कार्यालय र सेवा केन्द्रहरुबाट स्थापना दिवस मनाउने तयारी नेफ्स्कूनले गरेको छ ।

चत ऋण सहकारीको माध्यमबाट जनतामा बचत गर्ने भावनाको विकास गरी उनीहरुलाई सबल बनाउने काममा नेफ्स्कूनको भूमिका उल्लेखनीय रहेको छ । नेफस्कून अभियानका कारण आज मुलुभर १४ हजार बढी बचत तथा ऋण सहकारी संस्था खुलेको छन् भने यो अभियानमा लाखौ मानिस आवद्ध भएका छन् । नेफस्कूनकै कारण नेपालको बचत तथा ऋण सहकारी अभियानले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा छुट्टै पहिचान बनाउन सफल भएको छ । नेपालको बचत तथा ऋण सहकारी अभियानलाई सबल बनाउन नेफ्स्कून निरन्तर लागि परेको छ ।

स्तरिकरण कार्यक्रमको माध्यमबाट संस्थाहरुलाई सबल र सुरक्षित बनाउन नेफ्स्कूनले एकसेस, प्रोबेशन र कर्ब्स कार्यक्रम सञ्चालन गर्दै आएको छ । ती कार्यक्रममा आवद्ध भएर सयौं संस्थाले वित्तीय बजारमा आफनो छविलाइ बलियो बनाउन सकेका छन् । त्यसका साथै बचत तथा सहकारीको जोखिम व्यवस्थापनका लागि सुरक्षा कवजको रुपमा नेफ्स्कूनले स्थिरीकरण कोष सञ्चालनमा ल्याएको छ । उक्त कोषको माध्यमबाट कुनै पनि बचत ऋण सहकारीमा वित्तीय समस्या आयो भने सुरक्षा कवचको रुपमा त्यसले काम गर्नेछ र संस्थाहरुलाइ दुर्घटनामा पर्नबाट जोगाउने छ । संघमा मुलुकभर रहेको ६५ बचत तथा ऋण सहकारी संघ, ४ हजार ५ सय भन्दा बढी बचत तथा सहकारीका प्रारम्भिक संस्था आवद्ध रहेका छन् ।

संघले नेपालको वित्तीय सहकारी अभियानको प्रवर्धन,विकास, व्यावसायीकरण, गुणस्तर सुनिश्चितताका साथै सञ्जाल व्यवस्थापनमा उल्लेखनीय भूमिका खेल्दै आएको छ ।

प्रकाशित : ३२ श्रावण २०८१, शुक्रबार ०६:३१