बैंकिङ प्रणालीको निक्षेप एकै दिन १३ अर्बले घट्यो, कर्जा प्रवाहमा वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंकिङ प्रणालीको निक्षेप एकै दिन १३ अर्बले घट्यो, कर्जा प्रवाहमा वृद्धि



काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप घट्न थालेको छ ।नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हाल बैंकिङ प्रणालीमा निक्षेप संकलन ६४ खर्ब १९ अर्ब पुगेको छ।

साउन २४ गते भने बैंकिङ प्रणालीमा ६४ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा साउन २५ गते १३ अर्बले निक्षेप संकलनमा गिरावट आएको हो ।

यस्तै, यस अवधिमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलनमा पनि १३ अर्बको गिरावट आएको छ । असार २४ गते ५७ खर्ब ३ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले २५ गते ५६ खर्ब ९० अर्ब निक्षेप संकलन गरेका छन् ।

सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा भने केही सुधार देखिएको छ । बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह ३ अर्बले बढेको छ । गत बिहीबारसम्ममा ५१ खर्ब ५६ अर्ब कर्जा प्रवाह भएकोमा शुक्रबार भने ५१ खर्ब ५९ अर्ब कर्जा प्रवाह भएको देखिन्छ । वाणिज्य बैंकहरुले गत शुक्रबारसम्ममा ४५ खर्ब ६५ अर्ब कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.९४ प्रतिशतमा कायम भएको देखाएको छ। त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको देखाउँछ ।

प्रकाशित : २९ श्रावण २०८१, मंगलवार १६:१५