आरम्भ चौतारी लघुवित्तकाे कस्ताे छ वित्तिय अवस्था ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आरम्भ चौतारी लघुवित्तकाे कस्ताे छ वित्तिय अवस्था ?



काठमाडौं। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुुसार अघिल्लो आर्थिक वर्ष ६ करोड घाटामा रहेको संस्थाले गत आर्थिक वर्ष ४ करोड ३५ लाख खुद मुनाफा आर्जन गरेको छ।

कम्पनीको यस अवधिमा वितरणयोग्य मुनाफा ८ करोड ३२ लाख रुपैयाँ छ । त्यस्तै, यस अवधिमा आरम्भको चुक्तापूँजी ३६ करोड ७१ लाख छ भने रिजर्भमा १६ करोड छ।

यस अवधिमा आरम्भको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८५ पैसा, प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ९३ पैसा र मुल्य आम्दानीको अनुपात १०३.७६ गुणा छ।

प्रकाशित : २९ श्रावण २०८१, मंगलवार ११:२६