सुनको मूल्य तोलाकै डेढ लाख नाघ्यो, बनायो नयाँ कीर्तिमान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य तोलाकै डेढ लाख नाघ्यो, बनायो नयाँ कीर्तिमान



काठमाडौं । नेपाली बजारमा मंगलरबार सुनको मुल्य हाल सम्मकै उच्च भएको छ । आज तोलामा सुनको मुल्य दुई हजार १०० रुपैयाँले बढेर प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन सोमबार सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँ कायम थियो।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७४० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ७१५ रुपैयाँ कायम थियो ।

प्रकाशित : 13 August, 2024 10:50 am