नेपाल लाइफकाे नाफामा उल्लेख्य प्रगति, अन्य सुचक कस्ता छन् ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

नेपाल लाइफकाे नाफामा उल्लेख्य प्रगति, अन्य सुचक कस्ता छन् ?



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिमा कम्पनीले उल्लेख्य प्रगति गरेको छ।

नेपाल लाइफले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद मुनाफा १२ करोड अर्थात करिब ३१ प्रतिशतले बढाएर ५१ करोड ३९ लाख आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको यस अवधिमा ३९ करोड २९ लाख खुद मुनाफा गरेको थियो।

गत आर्थिक वर्ष नेपाल लाइफको खुद प्रिमियम करिब १० प्रतिशतले बढेर ४०अर्ब ११ करोड पुगेको छ। नेपाल लाइफको जीवन बीमा कोषमा १ खर्ब ९८ अर्ब रहेको छ। त्यस्तै रिटेंन अर्निंग ५२ करोड ८४ लाख रुपैयाँ छ भने प्रकोप रिजर्भमा १ अर्ब ९ करोड रहेको छ।

गत आर्थिक वर्ष नेपाल लाइफले दाबी बापत ४९ अर्ब ४६ करोड भुक्तानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १३ प्रतिशतले बढी हो। त्यसैगरी कम्पनीको चुक्तापूँजी ८ अर्ब २० करोड रुपैयाँ छ।

यस अवधिमा नेपाल लाइफको प्रतिसेयर आम्दानी ६ रुपैयाँ २६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ११ पैसा छ। त्यस्तै मूल्यआम्दानीको अनुपात ९८.८८ गुणा छ।

प्रकाशित : २९ श्रावण २०८१, मंगलवार १०:४३