सुनको मूल्य सामान्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य सामान्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन आइतबार सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ८०० रुपैयाँमा कायम थियो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७१५ रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला एक हजार ७२० रुपैयाँ कायम थियो ।

प्रकाशित : २८ श्रावण २०८१, सोमबार १०:४३