सुनको मूल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य बढ्याे, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १५ सय रुपैयाँले बढ्दै प्रतितोला एक लाख ४८ हजार १ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाला सुनको मूल्य एक लाख ४६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १५ सय रुपैयाँले बढ्दै प्रतितोला एक लाख ४७ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार ९ सय रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ४० रुपैयाँले बढ्दै प्रतितोला एक हजार ७३० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित : २५ श्रावण २०८१, शुक्रबार १०:५८