सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढ्यो



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ४६ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधबार सुनको मूल्य प्रतितोला एक लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला एक हजार ६९० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला एक हजार ७१० रुपैयाँ कायम थियो ।

प्रकाशित : २४ श्रावण २०८१, बिहीबार ११:२६