मुख्य सचिवलाई भेटेर निर्माण व्यवसायीले दिए यस्तो चेतावनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मुख्य सचिवलाई भेटेर निर्माण व्यवसायीले दिए यस्तो चेतावनी



काठमाडौं, २२ चैत । नेपाल निर्माण व्यवसायी महासंघले मुख्यसंचिव सोमलाल सुवेदीलाई ध्यानाकर्षणपत्र बुझाउँदै आन्दोलनको चेतावनी दिएको छ ।

उपभोक्ता समितिमार्फत् निर्माण कार्य गराउने ऐन तत्काल खारेज गर्न माग गदैं महासंघले मुख्य सचिव सुवेदीलाई ज्ञापनपत्र बुझाएको हो ।

महासंघका अध्यक्ष शरदकुमार गौचनले मुख्यसंचिवको ध्यानाकर्षण गराउँदै उपभोक्ता समितिमार्फत् निर्माण कार्य गराउने ऐन तत्काल खारेज नभए तत्काल आन्दोलनमा जाने चेतावनी दिए ।

महासंघले उपभोक्ता समितिमार्फत् १ करोड रुपैयाँ बराबरको निर्माण कार्य सम्पन्न गराउने गरी सार्वजनिक खरिद नियमावलीको पाँचौं संशोधन भएकोमा आपत्ति जनाउँदै आएको छ ।

उपभोक्तामार्फत् निर्माण कार्य गर्नेगरी सरकारले संशोधन गरेको ऐन राजनीतिक दलका कार्यकर्ताहरु मात्रै पोष्ने गरी आएको महासंघको भनाई छ ।

ध्यानाकर्षणपत्र बुझ्दै मुख्यसंचिव सुवेदीले सरकारले सो सम्बन्धमा परिमार्जन गर्नुपर्ने केही आवश्यक भए सो सम्बन्धमा छलफल गरी सम्बोधन गर्ने आश्वासन दिएका थिए ।

प्रकाशित : २२ चैत्र २०७३, मंगलवार ०९:५७