सुनको मूल्य तोलामा १४ सय घट्यो, चाँदीकाे कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य तोलामा १४ सय घट्यो, चाँदीकाे कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडाैं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज छापावाल सुनकाे मुल्य तोलामा एक हजार ४०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला एक लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छ ।

मंगलबार पनि सुनको मूल्य घटेर प्रतितोला एक लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, यो दिन चाँदीको मूल्य प्रतिताेला एक हजार ७१० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला एक हजार ७२५ रुपैयाँ कायम थियो ।

प्रकाशित : २३ श्रावण २०८१, बुधबार ११:३५