ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले माग्यो ठूलो संख्यामा कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

Feature News

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले माग्यो ठूलो संख्यामा कर्मचारी

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले ठूलो संख्यामा स्थायी कर्मचारी माग गरेको छ। कम्पनीले स्थायी दरबन्दीमा सहायक प्रवन्धकदेखि कनिष्ठ सहायकसम्म ४१७ जना कर्मचारी माग गरेको हो।

सहायक प्रवन्धक पदमा खुला २९ जना, महिला, ८ जना, आदिवासी जनजाती ६ जना, मधेसी ६ जना, दलित दुई जना, अपांग एक जना र पिछडिएको क्षेत्र एक गरी कुल ५३ जना माग गरिएको छ ।त्यस्तै, सहायक कम्प्युटर अधिकृत पदमा २ जना, प्रशासनतर्फ सहायक पदमा ४२ जना र कनिष्ठ सहायक पदमा ३२० जना कर्मचारी माग गरेको हो।

सहायक प्रवन्धक पदका लागि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ। सहायक कम्प्युटर अधिकृत पदका लागि पनि कम्प्युटर वा सूचना प्रविधिमा न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। कम्तीमा दुई वर्षको कार्यअनुभव समेत हुनुपर्ने छ।

त्यसैगरी, प्रशासनतर्फ सहायक पदका लागि प्रविणतम तह उत्तीर्ण गरेको हुनुपर्नेछ। कनिष्ठ सहायक पदका लागि एसईई वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ। इच्छुकले सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र आवेदन दिनुपर्ने कम्पनीले बताएको छ ।

प्रकाशित : २१ श्रावण २०८१, सोमबार १५:३२ 5 August, 2024 3:32 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।