आइएमई लाइफको ‘बिजनेश एक्सलेन्स अवार्ड २०२४’ सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आइएमई लाइफको ‘बिजनेश एक्सलेन्स अवार्ड २०२४’ सम्पन्न



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘बिजनेश एक्सलेन्स अवार्ड २०२४’ कार्यक्रम सोल्टी होटलमा सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रममा आर्थिक वर्ष २०८०/०८१ सालमा उत्कृष्ट कार्य सम्पादन गरेका तीन सय जना एजेन्सीहरुलाई विभिन्न अवार्डसहित सम्मान गरेको हो ।

जसमा गत आर्थिक वर्षको टिम बिजेनेश, व्यक्तिगत कोडबाट सर्बोत्कृष्ट व्यवसाय गर्न र सबैभन्दा बढी पोलिसी बिक्री गर्न सफल एजेन्सीहरुलाई सम्मान गरिएको कम्पनीले जनाएको छ । जसमा व्यक्तिगत कोडबाट गेल्मु लामा र टिम बिजनेशबाट नगेन्द्र कुमार श्रेष्ठ सर्बोत्कृष्ट हुन सफल भएका छन् ।

अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत कबि फुयालले अभिकर्ताहरुको कडा, मिहिनेत र व्यवसायका कारण कम्पनीको वित्तीय विवरण पनि बलियो बन्दै गएको बताए ।

कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईले बीमा विस्तार अन्तर्गत अबको १० वर्षको अवधिमा साउथ एसियामा नै नेपाल अग्रस्थानमा रहने सम्भावना रहेको उनको भनाइ छ ।

कार्यक्रममा देशैभरीबाट विभिन्न बिधामा सम्पन्न भएका तीन सय जना एजेन्सी, सञ्चालक समिति अध्यक्ष, सञ्चालकहरु, ब्राण्ड एम्बेस्डर दिपक राज गिरी र दिपा श्री निरौला, कम्पनीका कार्यकारी अधिकृत कबि फुयाल लगायतका मानिसहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित : २१ श्रावण २०८१, सोमबार १५:१२