काठमाडौं । गार्डियन माइक्रो लाईफ इन्स्योरेन्सले साधारण सेयर आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई आईपीओ जारी गर्ने तयारी गरेको हो ।
कम्पनीले आईपीओ खरिद प्रत्याभुति सेवाको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको छ ।
आज एक कार्यक्रमका बीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र गार्डियान माइक्रो लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले उक्त सेयर प्रत्याभुित प्रदान गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कम्पनीले २२ करोड ५० लाख रुपैयाँको रु.१०० अंकित दरका २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ ।
Comment